कुमारी बैंक र साइमेक्स् इन्कबीच सम्झौता
काठमाडौँ । कुमारी बैंक लिमिटेड र साइमेक्स् इन्कबीच ग्राहकहरूलाई बीवाईडी ब्रान्डको विद्युतीय सवारी साधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।
विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरूको माग पूरा गर्न कुमारी बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रूपमा बीवाईडी ब्रान्डका सवारी साधन खरिदका लागि सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ ।
यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बीवाईडी डिलरबाट सवारी साधन खरिद गर्दा कुमारी बैंकबाट सजिलै ८०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन् साथै सो कर्जा ८ वर्ष अवधिसम्म लिन मिल्ने प्रावधान गरिएको छ ।
आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ इकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण