कुमारी बैंक र साइमेक्स् इन्कबीच सम्झौता
_m3IeCKIDeD.png)
काठमाडौँ । कुमारी बैंक लिमिटेड र साइमेक्स् इन्कबीच ग्राहकहरूलाई बीवाईडी ब्रान्डको विद्युतीय सवारी साधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।
विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरूको माग पूरा गर्न कुमारी बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रूपमा बीवाईडी ब्रान्डका सवारी साधन खरिदका लागि सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ ।
यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बीवाईडी डिलरबाट सवारी साधन खरिद गर्दा कुमारी बैंकबाट सजिलै ८०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन् साथै सो कर्जा ८ वर्ष अवधिसम्म लिन मिल्ने प्रावधान गरिएको छ ।
आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ इकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ, ८ वटा मोटरसाइकल बरामद
-
लुम्बिनी प्रदेशका तीन औद्योगिक क्षेत्र : बजेट र सरकारी पहलले जगायो निर्माणको आशा, उद्योगी उत्साहित
-
सवारी दुर्घटनामा एक जनाको मृत्यु
-
कैलालीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान