ललितपुरमा एक पुरुष मृत अवस्थामा फेला
आइतबार, २१ फागुन २०७९, १२ : ४३
ललितपुर । ललितपुरमा एकजना पुरुष आफ्नै घरमा मृत फेला परेका छन् । ललितपुर महानगरपालिका–२४ धापाखेल सुभ एकता टोल बस्ने ४९ वर्षीय श्यामप्रसाद लावती आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
यता सल्यानको छत्रेश्वरी गाउँपालिका–५ बागबजार जुमकोट बस्ने ७४ वर्षीय चित्रमान खत्री सोही ठाउँस्थित खेतमा शनिबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ र ८ स्थित कन्चन खोलामा सोही गाउँपालिका–७ जोगदमार बस्ने १७ वर्षीय भीमबहादुर राना शनिबार मृत अवस्थामा फेला परेका छन् । यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण