बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा एक पुरुष मृत अवस्थामा फेला

आइतबार, २१ फागुन २०७९, १२ : ४३
आइतबार, २१ फागुन २०७९

ललितपुर । ललितपुरमा एकजना पुरुष आफ्नै घरमा मृत फेला परेका छन् । ललितपुर महानगरपालिका–२४ धापाखेल सुभ एकता टोल बस्ने ४९ वर्षीय श्यामप्रसाद लावती आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।   

यता सल्यानको छत्रेश्वरी गाउँपालिका–५ बागबजार जुमकोट बस्ने ७४ वर्षीय चित्रमान खत्री सोही ठाउँस्थित खेतमा शनिबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ र ८ स्थित कन्चन खोलामा सोही गाउँपालिका–७ जोगदमार बस्ने १७ वर्षीय भीमबहादुर राना शनिबार मृत अवस्थामा फेला परेका छन् । यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप