बस ब्याक गर्दा किचेर एक जनाको मृत्यु
आइतबार, २१ फागुन २०७९, १६ : १०
बारा। बारामा बस ब्याक गर्ने क्रममा ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय मजिद मियाँ रहेका छन् ।
आइतबार वीरगन्जबाट विराटनगर जाँदै गरेको को १ ख ५७०० नम्बरको बसले बाराको बुधचोकमा मियाँलाई ठक्कर दिई घिसारी सख्त घाइते बनाएको थियो । उनलाई सिटी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगन्जको गण्डक हेल्थकेयर अस्पतालमा लैजाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
बसका चालक सिरहाका ४२ वर्षीय ललन कुमार दास र बसलाई इलाका प्रहरी कार्यालय निजगढमा राखेर थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण