बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बस ब्याक गर्दा किचेर एक जनाको मृत्यु

आइतबार, २१ फागुन २०७९, १६ : १०
आइतबार, २१ फागुन २०७९

बारा। बारामा बस ब्याक गर्ने क्रममा ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय मजिद मियाँ रहेका छन् ।

आइतबार वीरगन्जबाट विराटनगर जाँदै गरेको को १ ख ५७०० नम्बरको बसले बाराको बुधचोकमा मियाँलाई ठक्कर दिई घिसारी सख्त घाइते बनाएको थियो । उनलाई सिटी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगन्जको गण्डक हेल्थकेयर अस्पतालमा लैजाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

बसका चालक सिरहाका ४२ वर्षीय ललन कुमार दास र बसलाई इलाका प्रहरी कार्यालय निजगढमा राखेर थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप