शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

होलीका रंगहरू

सोमबार, २२ फागुन २०७९, ०६ : ५९
सोमबार, २२ फागुन २०७९

रंगले मनमा शान्तिको
लहर फैलाउँदछ ।
त्यो हाँसो खुसी र उमंगको
सञ्चार गराउँदछ । 

सद्भाव, मेलमिलाप 
र, आपसी प्रेमको पर्व होली
वैमन्यस्ता, रिस र राग छोडी
मनाऊँ दिल खोली ।

मानव जीवन संघर्षमय
पाइलै पिच्छे विभिन्न अप्ठ्यारा
वाधा अवरोधलाई भुली
मनाऊँ रंगहरुको पर्व होली । 

विकृतिलाई पर सार्दै
संस्कृतिलाई मनैदेखि पुज्दै
अन्यायका विरुद्धमा 
न्यायको दीप प्रज्वलन गर्ने 
पर्व होली ।
रंग फरक भए सँगै
फरकै छ संस्कृति
आफ्नोपन, आफ्नो भाषा
त्यागौँ है विकृति ।
के पहाड, के तराई 
अब सबै मुस्कुराई,
एकता र मेलमिलापको रंगमा
सबैलाई रंगाई ।
सुन्दर समाजको कल्पनासँगै
समानताको आवाज उठाई
अघि बढौँ सबै मिली
हाम्रो संस्कृति जोगाई 
मनाऔँ होली ।
मनाऔँ होली ।।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिता गाइसी
सुनिता गाइसी
लेखकबाट थप