आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

होली मौलिक विशेषतायुक्त संस्कृति : प्रदेश प्रमुख शर्मा

सोमबार, २२ फागुन २०७९, ११ : ०९
सोमबार, २२ फागुन २०७९

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले होली पर्वले राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्ने बताएका छन् । होलीका अवसरमा शुुभकामना व्यक्त गर्दै उनले भने, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्दछ ।” 

होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति भएकाले यसको संरक्षण तथा सम्वद्र्धन गर्नसके राष्ट्रिय गौरवको धरोहर जगेर्ना हुने उनले विश्वास व्यक्त गरे । होलीलाई खुसी र सद्भावको पर्वका रुपमा मनाउनुपर्नेमा प्रमुख शर्माको जोड छ ।  “फागुलाई आपसी खुसी र सद्भावको पर्वका रुपमा ग्रहण गर्दै अनुशासित ढङ्गबाट हामीले मनाउनुपर्दछ”, प्रमुख शर्माले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप