मेयर भट्टराई सम्मानित
खोटाङ । किरात समुदायको संस्कार संस्कृतिसँग सम्बन्धित वाबु (चिन्डो) लाई जापान पुर्याएर प्रचार–प्रसार गरेकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई सम्मानित भएका छन् । गत माघमा भएको जापान भ्रमणका क्रममा जापानी मेयरलाई उपहार स्वरूप वाबु (चिन्डो) हस्तान्तरण गरेर फर्किएका मेयर भट्टराईलाई किरात राई चाम्लिङ खाम्बातिम सङ्घीय कार्यसमिति, काठमाडौँले सम्मान गरेको हो ।
किरात राई चाम्लिङ खाम्बातिम जिल्ला कार्यसमिति खोटाङको व्यवस्थापन एवम् किरात राई चाम्लिङ खाम्बातिम सङ्घीय कार्यसमितिको आयोजनामा आइतबारदेखि शुभम् फाउन्डेसनमा सुरु भएको सम्मान तथा भाषिक कार्य योजना निर्माण भेलाको अवसरमा मेयर भट्टराईलाई सम्मान गरिएको हो । मेयर भट्टराईलाई प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ र खाम्बातिमका सङ्घीय कार्य समिति अध्यक्ष युवराज राईले फेटा बाँधेर सम्मान–पत्र हस्तान्तरण गरेका थिए ।
मैत्रीपूर्ण भ्रमणका क्रममा जापान पुगेका मेयर भट्टराईले प्रिफेक्चर तोचिगी नगरका प्रमुख ओखावा हिदेकोलाई उपहार स्वरूप नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहार स्वरूप हस्तान्तरण गरेका थिए । जापानी नगर प्रमुखसँगको औपचारिक भेटमा किरात राईको ऐतिहासिक एवं सांस्कृतिक सामग्रीहरू उपहार स्वरूप प्रदान गरी देशको सांस्कृतिक सम्पत्तिलाई प्रवर्द्धन गरेकामा तीन लाख चाम्लिङ भाषीको साझा संस्थाको तर्फबाट सम्मान गरिएको खाम्बातिमका अध्यक्ष राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण