काठमाडौँ उपत्यकामा १ सय ५७ सवारी साधन होल्ड
काठमाडौँ । काठमाडौँ उपत्यकामा होली मनाउने नाममा लापरवाहिपूर्वक तरिकाले चलाएका १ सय ५७ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा १ सय ५७ सवारी–साधान होल्ड गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी अविनारायण काफ्लेले रातोपाटीलाई बताए ।
ट्राफिक प्रहरीले होल्ड गरेको मध्ये १३ वटा चारपांग्रे सवारी छन् । होल्ड गरिएका सवारी साधन साँझ ७ बजेमात्र जिम्मा लगाएने एसपी काफ्लेले बताए । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन र लागुऔषध सेवन गरेकोबारे चेकजाँच गरिरहेको छ । ६८ ठाउँमा ट्राफिक चेकिङ भइरहेको छ । ललितपुरको पुल्चोक, जावलाखेल र सातदोबाटोमा १५ वटा मोटरसाइकल होल्ड गरिएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । मोटरसाइकलमा ३ जना चढने, हेल्मेट नलगाएका र मापसे गरेकाहरुलाई होल्ड गरिएको एसएसपी शाहले बताए ।
फागु पुर्णिमाको अवसरमा चेकजाँच गर्न उपत्यकामा ६०४ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण