शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनको नेशनल पिपल्स कांग्रेस : सी जिनपिङ थप शक्तिशाली हुने बाटोमा

सोमबार, २२ फागुन २०७९, १३ : १९
सोमबार, २२ फागुन २०७९

चीनको संसद् नेशनल पिपल्स काँग्रेसको बैठक चलिरहेको छ । यस बैठकका साथै चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ सरकार र अर्थतन्त्रमा आफ्नो पकड बलियो बनाउन लागेका छन् ।

राष्ट्राध्यक्ष सी जिनपिङले यसको उद्घाटन सत्रमा भाग लिए । एनसीपीको यो १४ औँ बैठकमा सी जिनपिङ तेस्रो पटक राष्ट्रपति बन्नेमा मुहर लाग्नेछ जसका कारण उनको शक्ति थप बढ्नेछ ।

यो बैठक हप्ता दिनसम्म चल्नेछ । यो बैठक एक सातासम्म चल्नेछ । यसमा केही सुधारलाई स्वीकृत गरी नयाँ मन्त्री नियुक्त गरिने छ ।

तर, नेशनल पिपल्स कांग्रेस (एनपीसी) ले रबरको स्ट्याम्पजस्तै काम गर्छ जसले कम्युनिस्ट पार्टीको निर्णयमाथि मात्रै संवैधानिक मुहर लगाउँछ ।   

यही बैठकले नयाँ प्रधानमन्त्रीको पनि चयन गर्नेछ । हाल, ली केकियाङ यो पदमा छन् ।

लगभग एक हप्तासम्म चल्ने यो बैठकलाई ‘टु सेसन्स’ भनिन्छ जुन हरेक वर्ष आयोजना हुन्छ । यस पटक बैठक विशेष गरी महत्त्वपूर्ण छ किनभने यसमा कम्युनिस्ट पार्टी र थुप्रै महत्त्वपूर्ण संस्थालाई पुनर्गठित गर्न सकिन्छ । 

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार वित्तीय क्षेत्रमाथिको नियन्त्रण, वैज्ञानिक तथा प्राविधिक कामको हेरचाह गर्ने निकायलाई थप वृद्धि गरिने छ । यससँगै निजी व्यवसायमा ‘पार्टी निर्माण कार्यलाई सुदृढ बनाउने’ मा जोड दिइनेछ ।

यसले चिनियाँ कम्युनिस्ट पार्टी र सरकारबीचको खाडललाई थप घटाउनेछ । निजी क्षेत्रमाथि पार्टीको नियन्त्रण अझै बढ्नेछ ।

हालैका वर्षमा के देखिएको छ भने भ्रष्टाचारको कारवाहीमा चीनका ठुलो व्यापारी अचानक गायब हुने गर्छन् । हालै चीनका अर्बपति व्यापारी बाओ फ्यान देखिन बन्द भएका छन् ।

सी जिनपिङ शक्तिशाली हुँदै 

सी जिनपिङले गत वर्ष मात्रै कम्युनिस्ट पार्टीमा आफ्नो पकड देखाएका थिए । अक्टोबरमा, उनलाई कम्युनिस्ट पार्टीले तेस्रो कार्यकालको लागि सर्वोच्च नेताको रूपमा निर्वाचित गरेको थियो । 

चीनको पहिलो सर्वोच्च नेता माओत्से तुङपछि कुनै नेता यति लामो समयका लागि कम्युनिस्ट पार्टीको शीर्ष स्थानमा रहेका उनी नै हुन् । 

सन् २०१८ को बैठकमा, पार्टी अध्यक्षको कार्यकालको सीमा हटाइएको थियो, त्यसपछि सी जिनपिङ आजीवन पार्टीको सर्वोच्च पदमा रहन सक्नेछन् ।

तर, यसबीचमा सी जिनपिङले घरेलु स्तरमा आलोचना पनि भोग्नु परेको छ । कोभिड–१९ को शून्य नीति र व्यापार क्षेत्रमा कडा पकडका कारण अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ, जसको विरोधमा जनता सडकमा उत्रिएका छन् ।

कोरोना महामारीसँग लड्न चीनमा कडा लकडाउन गरिएको थियो, जसका कारण मानिसले खान–पिनका सामान नपाउँदा जनतामा आक्रोश देखिएको थियो ।

योसँगै अन्तर्राष्ट्रिय स्तरमा अमेरिकासँग चीनको सम्बन्धमा तनाव बढेको छ । रुस–युक्रेन युद्धमा चीनको रुसतर्फ झुकाव र हालै भेटिएका जासुसी बेलुनले यो तनावलाई थप गहिरो बनाएको छ ।

चीनका नयाँ प्रधानमन्त्री

एनपीसी बैठकमा देशको आर्थिक र प्रशासनिक काम हेर्ने चीनको नयाँ प्रधानमन्त्री पनि चयन हुनेछ ।

सी जिनपिङका सबैभन्दा वफादार नेता ली च्याङलाई यो पदका लागि चयन गर्न सकिने सम्भावना छ । सांघाई पार्टी सचिव भएकाले उनले कोरोना लकडाउनको जिम्मेवारी लिएका हुन् ।

यस बैठकमा वर्तमान प्रधानमन्त्री ली खछ्याङले आफ्नो कार्यकालको रिपोर्ट दिनेछन् । ली खछ्याङलाई एक हिसाबले जिनपिङको प्रतिस्पर्धी मानिने गर्छन् ।

ली खछ्याङले हु जिन्ताओलाई समर्थन गरेको देखिएको थियो । पछिल्लो पटक पार्टी कङ्ग्रेसमा हु जिन्ताओलाई सीको आदेशपछि मञ्चबाट हटाइएको थियो ।

यसका साथै पोलिटब्युरो स्थायी समितिका अन्य सदस्यहरूको पनि बैठकमा घोषणा गरिने छ । यो समिति सी जिनपिङको मन्त्रिपरिषद्को बराबर छ ।

अब वाणिज्य मन्त्री, राष्ट्रिय विकास तथा सुधार आयोगको प्रमुख, प्रचारप्रसार प्रमुख र राज्य सुरक्षा प्रमुख जस्ता महत्त्वपूर्ण पदमा कसलाई निर्वाचित हुन्छ भन्ने हेर्न बाँकी छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप