झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गरेको आरोपमा महिला पक्राउ
सोमबार, २२ फागुन २०७९, २० : २३
बुटवल । रुपन्देहीको सैनामैनामा १४ वर्षीय एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सैनामैना नगरपालिका–१० झिमझिमे बस्ने १४ वर्षीया सीता ज्ञवालीलाई स्थानीय झाँक्री महिला २२ वर्षीया सोनिया रेश्मीले शनिबार झारफुक गर्ने बहानामा कुटपिट गर्दा मृत्यु भएको थियो ।
कुटपिटबाट मृत्यु भएकी किशोरीको सोही राति नै दाहसंस्कार गरी सकिएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले अभियुक्त झाँक्री सोनियालाई पक्राउ गरी आवश्यक अनुसन्धानपश्चात् रुपन्देही जिल्ला अदालत रुपन्देहीबाट सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण