झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गरेको आरोपमा महिला पक्राउ
सोमबार, २२ फागुन २०७९, २० : २३

बुटवल । रुपन्देहीको सैनामैनामा १४ वर्षीय एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सैनामैना नगरपालिका–१० झिमझिमे बस्ने १४ वर्षीया सीता ज्ञवालीलाई स्थानीय झाँक्री महिला २२ वर्षीया सोनिया रेश्मीले शनिबार झारफुक गर्ने बहानामा कुटपिट गर्दा मृत्यु भएको थियो ।
कुटपिटबाट मृत्यु भएकी किशोरीको सोही राति नै दाहसंस्कार गरी सकिएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले अभियुक्त झाँक्री सोनियालाई पक्राउ गरी आवश्यक अनुसन्धानपश्चात् रुपन्देही जिल्ला अदालत रुपन्देहीबाट सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण