नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न कांग्रेस दोलखाको माग
काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्य समितिले दोलखाले नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै दोलखाका पार्टी सभापति बर्मा लामाले नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गरेका हुन् ।
पार्टीको सर्वसम्मत सिफारिसलाई बेवास्ता गरी शेर्पाले दोलखामा साधारण सदस्य नै नभएको व्यक्तिलाई नेविसंघको जिल्ला अध्यक्ष मनोनीत गरेको भन्दै बस्खास्त गर्न माग गरिएको हो ।
‘पार्टीको जिल्ला तहले गरेको सर्वसम्मत निर्णय र सिफारिस लत्याई व्यक्तिगत स्वार्थ र काठमाडौंतिरको निकटताको आधारमा जिल्ला अध्यक्ष तोक्ने र प्रत्येक जिल्लामा विवाद सिर्जना गर्ने नेविसंघका असक्षम केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई तत्काल बर्खास्त गर्न माग गर्दछौं,’ बर्माले पठाएको पत्रमा उल्लेख छ।
नेविसंघ केन्द्रीय समितिले जिल्ला अध्यक्षको नाम सिफारिस गर्न पत्र पठाएपछि दोलखा कांग्रेसले सर्वसम्मत रुपमा सौगात थापाको नाम सिफारिस भएको थियो । दुजाङले भने आइतबार प्रनिल तमाङ्गलाई अध्यक्षको जिम्मेवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण