सुटिङमा घाइते भएका अमिताभ बच्चनको स्वास्थ्य कस्तो छ ?
मङ्गलबार, २३ फागुन २०७९, १३ : ३१
फिल्मको सुटिङमा घाइते भएका बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यबारे धेरैले चासो व्यक्त गरेका छन् । उनले आफ्नो स्वास्थ्यबारे पछिल्लो जानकारी दिएका छन् । मङ्गलवार आफ्नो ट्वीटर अकाउन्टमा उनले आफू आराम गरिरहेको बताउँदै दर्शकको प्रार्थनाले स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन् ।
उनले आफ्ना प्रशंसक र शुभचिन्तकलाई धन्यवाद पनि दिएका छन् । अमिताभ बच्चनले आफ्नो ब्लगमा हैदराबादमा ‘प्रोजेक्ट के’ फिल्मको सुटिङका बेला एक एक्सन सिनको सुटिङ गर्ने बेला उनी घाइते भएका थिए । त्यसपछि उनी मुम्बई फर्किएका छन् ।
चोट उनको करङमा लागेको थियो जसका कारण उनलाई सास फेर्न र हिँड्न–डुल्न समस्या भइरहेको थियो ।
T 4575 - gratitude and love ever .. for your concern and wishes
— Amitabh Bachchan (@SrBachchan) March 7, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण