शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुटिङमा घाइते भएका अमिताभ बच्चनको स्वास्थ्य कस्तो छ ?

मङ्गलबार, २३ फागुन २०७९, १३ : ३१
मङ्गलबार, २३ फागुन २०७९

फिल्मको सुटिङमा घाइते भएका बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यबारे धेरैले चासो व्यक्त गरेका छन् । उनले आफ्नो स्वास्थ्यबारे पछिल्लो जानकारी दिएका छन् । मङ्गलवार आफ्नो ट्वीटर अकाउन्टमा उनले आफू आराम गरिरहेको बताउँदै दर्शकको प्रार्थनाले स्वास्थ्यमा सुधार आएको जानकारी दिएका छन् । 

उनले आफ्ना प्रशंसक र शुभचिन्तकलाई धन्यवाद पनि दिएका छन् । अमिताभ बच्चनले आफ्नो ब्लगमा हैदराबादमा ‘प्रोजेक्ट के’ फिल्मको सुटिङका बेला एक एक्सन सिनको सुटिङ गर्ने बेला उनी घाइते भएका थिए । त्यसपछि उनी मुम्बई फर्किएका छन् । 

चोट उनको करङमा लागेको थियो जसका कारण उनलाई सास फेर्न र हिँड्न–डुल्न समस्या भइरहेको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप