शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

विश्व ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजनतर्फ जाँदैछ : प्रधानमन्त्री प्रचण्ड

मङ्गलबार, २३ फागुन २०७९, १८ : १४
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजनतर्फ जान थालेको बताएका छन् । मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रचण्डले ग्रिन इजर्नीबाट ग्रिन हाइड्रोजनतर्फ जाने उपयुक्त अवसर भएको पनि बताए । 

‘विश्व ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजनतर्फ नयाँ युगतिर विश्व जाँदै छ ।  तपाईँहरू सबैलाई थाहा छ यो ग्रिन इजर्नीबाट ग्रिन हाइड्रोजन बनाउने सवैभन्दा उपयुक्त अवसर हो’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।  

त्यस क्रममा प्रधानमन्त्रीले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको पनि बताए । 

आफू प्रधानमन्त्री हुँदै गर्दा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डिजेल र पेट्रोल गाडी नभई हाइड्रोजन गाडी चढ्न सुझाव दिएको पनि प्रधानमन्त्रीले जनाए ।

 ‘म प्रधानमन्त्री बन्दै गर्दा विद्युत् प्राधिकरणका एमडी कुलमानजीले भन्नुभयो, तपाईँले प्रधानमन्त्रीको रूपमा डिजेल र पेट्रोलको गाडी होइन, हाइड्रोजन गाडी चढ्नुप¥यो भन्नुभयो । मैले प्रधानमन्त्री कार्यालयमा छलफल गरेको छु, म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु’ प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

उनले नेपालले भारतमा मात्रै नभएर वंगलादेशमा समेत नेपालले विद्युत् निर्यात गर्ने भन्दै विकसित देशहरुमा हाइड्रोजन ऊर्जाको मात्रा गुणात्मक रूपमा बढिरहेको र नेपालमा हाइड्रोजन ऊर्जाको प्रचुर सम्भावना रहेको पनि बताए ।

 ‘हामी ग्रिन इनर्जीको प्रचुर सम्भावना भएको देश हो भने यो इनर्जीलाई हाइड्रोजनमा र हाइड्रोजनबाट तमाम उद्योग व्यवसायलाई हामी किन अगाडि नबढाउने ?’ प्रचण्डको  प्रश्न छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप