विराटनगर पुगेर परिवारसँग दीपाले खेलिन् होली
काठमाडौँ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला मंगलबार विराटनगर पुगेकी छन् । बुबा लगायत परिवारका सदस्यसँग आज (मंगलबार)को होली कार्यक्रममा सहभागी हुने र बुधबारबाट फिल्म ‘छक्कापञ्जा ४’ को मोफसल व्यवसाय बुझ्ने उद्देश्यले उनी विराटनगर पुगेकी हुन् ।
‘हाम्रो तराइमा होली आज हो । आज म आफन्त साथीभाइसँग होली खेलेरै बिताउँछु’ दीपाले भनिन् ‘बुधबारदेखि भने फिल्मको प्रतिक्रिया बुझ्न विभिन्न ठाउँ पुग्नेछु ।’ प्रदर्शनको समय हलमै पुगेर लिएको दर्शक प्रतिक्रियाले अर्को प्रोजेट राम्रो गर्न मद्दत पुग्ने उनले सुनाइन् ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छक्कापञ्जा ४’ ले देशभर राम्रो व्यवसाय गरिरहेको छ ।
दीपाश्रीले दीपक राज गिरीलगायत समूहसँग मिलेर बनाएको यो फिल्म राजनीतिक र कमेडी विषयमा निर्माण भएको हो । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुवँर, राज आचार्य लगायतको मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण