राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेलगायतका विषयमा निर्णय गर्नका लागि बैठक बोलाइएको हो । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।
‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले भने । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएर निष्कर्षमा पुग्नेछ ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आबद्ध नेताहरूसँग यसअघि नै छलफल गरिसकेको छ ।
आफ्नो पार्टीसँग मत माग्न आएका पौडेललगायतका गठबन्धन आबद्ध राजनीतिक दलसँग सोमबार साँझ छलफल गरेको राप्रपाले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेबारे आज निर्णय लिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण