शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कालोमोसो अभियानका संयोजक शम्भु थापा पक्राउ

बुधबार, २४ फागुन २०७९, ११ : ३५
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएको आरोपमा प्रहरीले चितवन घर भएका शम्भु थापालाई पक्राउ गरेको छ । दुर्गा प्रसाईं समूहको कालोमोसो अभियानका संयोजक भनिने थापाले सामाजिक संजालमा भिडियो पोष्ट गरेर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएका थिए ।

थापालाई चितवनको भरतपुरस्थित मालपोत चोकबाट पक्राउ गरिएको चितवनका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । मंगलबार पक्राउ गरेर थापाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 ‘टिकटक’ लगायत सामाजिक संजालमा थापाले भिडियो पोष्ट गरेर धम्की दिएपछि बैंक तथा वित्तीय संस्थाहरूले त्यसबारे आपत्ति जनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप