जापानको नयाँ रकेट आफ्नो पहिलो उडानमा नै फेल, अन्तरिक्षमा विस्फोट गराइयो
जापानको स्पेस एजेन्सी जाक्सा अर्थात् जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सीले मङ्गलवार अर्थात् सात मार्च २०२३ मा भारी क्षति व्यहोर्नुपर्यो । एजेन्सीको नयाँ रकेट एचथ्री आफ्नो पहिलो उडानमा नै फेल भयो । यो एक मिडियम लिफ्ट रकेट थियो जसको लन्चिङ त सही भयो तर दोस्रो चरणको इन्जिन स्टार्ट नभएका कारण रकेट दिशा भड्किन थाल्यो । यस्तोमा रकेटलाई अन्तरिक्षमा नै विस्फोट गरेर उडाइयो ।
जापानी स्पेस एजेन्सीले यो रकेट बनाएको थियो । एलन मस्कको स्पेस एक्स कम्पनीभन्दा सस्तो मूल्यमा उपग्रह प्रक्षेपण गर्ने यसको योजना थियो । १८७ फिट अग्लो यो रकेट मङ्गलवार तानेगाशिमा स्पेस पोर्टबाट उडेको थियो । यो स्पेस पोर्ट दक्षिण पश्चिम जापानको कागोशिमा परफेक्चरमा छ ।
अन्तरिक्षमा पुगेपछि दोस्रो चरणमा इन्जिन चालु नभएपछि यो मिसन फेल भयो । त्यसपछि जाक्साका वैज्ञानिकले स्पेस पोर्टले यसले कसैलाई हानी नपुर्याओस् भनेर विस्फोट गरेर उडाइदिए । दोस्रो चरणमा इन्जिनमा आएको गडबडीबारे अब वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् । अघिल्लो महिना पछि यो रकेट लन्च गर्ने प्रयास गरिएको थियो तर कुनै समस्याका कारण यो रोकिएको थियो ।
तीन दशकपछि जापानले बनाएको थियो रकेट
ओसाका युनिभर्सिटीका प्राध्यापक हिरोटोका वाटानाबोले अघिल्लो महिना यो मिसन रोकिएको भए पनि यस पटक त यो पूर्ण रूपमा फेल नै भएको भन्दै दुःख व्यक्त गरे । उनले भने, ‘जापानको भविष्यको स्पेस नीतिमा यो घटनाले असर पार्ने वाला छ । यदि ऊ अन्तरिक्षको व्यापार र प्राविधिक माहौललाई अघि बढाउन चाहन्छ भने ऊ यस्ता घटनाबाट अघि बढ्नुपर्छ । ’ तीन दशकपछि जापानले नयाँ रकेट एचथ्री बनाएको थियो ।
VIDEO: Japan's next-generation H3 rocket failed after liftoff on Tuesday, with the space agency issuing a destruct command after concluding the mission could not succeed pic.twitter.com/0vnaPBcKVg
— AFP News Agency (@AFP) March 7, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण