शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जापानमा कार्यरत एक नेपालीको हृदयघातबाट निधन

बुधबार, २४ फागुन २०७९, १७ : ०७
बुधबार, २४ फागुन २०७९

जापान । जापानमा कुक पेशामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पदमबहादुर चोखालको हृदयघातका कारण निधन भएको हो । 

विगत १४ वर्षदेखि जापानमा कार्यरत चोखाल मंगलबार आफ्नो आफ्नो नियमित कामबाट घर फर्केर श्रीमतीसँगै खाना खाएर सुतेकामा बिहान मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ । 

जापानको सिनगावा नजिकै श्रीमतीसँगै बस्दै आएका चोखालको नेपालमा एक छोरीसमेत रहेकी छन् । 

स्वर्गीय चोखालको मार्च ११ जापानमै अन्तिम संस्कार गरिने एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप