इन्जिनमा आगो लागेको श्री एयरलाइन्सको जहाजमा थिए ७८ यात्रु
बिहीबार, २५ फागुन २०७९, १० : २४
काठमाडौँ । बिहीबार बिहान भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजमा ७८ जना यात्रु रहेको खुलेको छ । उक्त जहाजको इन्जिनमा उड्नेबित्तिकै आगलागी भएको थियो ।
उड्नेबित्तिकै इन्जिनमा आगलागी भएपनि चालकदलका सदस्यले विमान त्रिभुवन विमानस्थलमै सुरक्षित अवतरण गराउन सफल भएका छन् ।
विमानस्थलका प्रबन्धक प्रताबबाबु तिवारीले विमानलाई सुरक्षित अवतरण गराइएको र सबै यात्रु सुरक्षित रहेको बताए । ‘उड्नेवित्तिकै विमानको दायाँ इन्जिनमा आगलागी भयो । तत्कालै विमानस्थलमा सुरक्षित अवतरण गराउन सकियो ।’
उनका अनुसार उडान नम्बर ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गरासँगै विमान काठमाडौँमै फर्काइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण