राष्ट्रपतिका विषयमा निर्णय गर्न रास्वपाको बैठक
बिहीबार, २५ फागुन २०७९, ११ : ५०
काठमाडौँ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी र संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी छ । राष्ट्रपतिमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेल र एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङमध्ये कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य गणेश कार्कीले बताए ।
राष्ट्रपतिको चुनाव जारी रहेका बेला रास्वपाको बैठक बसेर निर्णय गर्न लागेको कार्कीले बताए । रास्वपाले राष्ट्रपतिमा काँग्रेस उम्मेदवार पौडेललाई मतदान गर्ने एक नेताले संकेत गरे ।
‘हामीले बैठक बसेर निर्णय गर्दै छौं । सबै विषयलाई आकलन गरेर निर्णय गर्ने छौं’ ति नेताले भने, ‘अब के निर्णय हुन्छ केही बेरमा थाहा पाइहाल्नुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण