राष्ट्रपतिका विषयमा निर्णय गर्न रास्वपाको बैठक
बिहीबार, २५ फागुन २०७९, ११ : ५०

काठमाडौँ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी र संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी छ । राष्ट्रपतिमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेल र एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङमध्ये कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य गणेश कार्कीले बताए ।
राष्ट्रपतिको चुनाव जारी रहेका बेला रास्वपाको बैठक बसेर निर्णय गर्न लागेको कार्कीले बताए । रास्वपाले राष्ट्रपतिमा काँग्रेस उम्मेदवार पौडेललाई मतदान गर्ने एक नेताले संकेत गरे ।
‘हामीले बैठक बसेर निर्णय गर्दै छौं । सबै विषयलाई आकलन गरेर निर्णय गर्ने छौं’ ति नेताले भने, ‘अब के निर्णय हुन्छ केही बेरमा थाहा पाइहाल्नुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मन्त्रीहरूलाई एनजीओ र आईएनजीओको ‘भात’ किन यति प्यारो ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा
-
ला लिगामा तीन खेल, सबैको नतिजा १-०