गुल्मीको स्ववियु निर्वाचनमा एमाले, माओवादी र विप्लवको गठबन्धन
गुल्मी । आगामी चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि गुल्मीमा वामपन्थी विद्यार्थीहरूले गठबन्धन गरेका छन् । सत्ता गठबन्धन विपरीत नेकपा एमाले, माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विद्यार्थीहरूले वामपन्थी गठबन्धन गरेपछि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ झस्किएको छ ।
६ बुँदे सहमति सहित संयुक्त विज्ञप्ति जारी गर्दै विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र विद्यार्थी युनियनलाई प्रगतिशील विचारधाराले सञ्चालन गर्दा अरू बढी प्रभावकारी बनाउन सकिने ठहर गर्दै वामपन्थी शक्तिहरूको तालमेल, सहकार्य र एकताको आवश्यकतालाई महसुस गर्दै यो निर्वाचनमा संयुक्त ढंगले अघि बढ्ने सहमति भएको छ ।’
एमाले पार्टी सचिव गणेश श्रीपाली र माओवादी केन्द्रका पार्टी सचिव अशोक थापा मुक्ति, अनेरास्वविष्युका अध्यक्ष शोभाखर गिरी, अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष राजन पोखरेल र अखिल क्रान्तिकारी संयोजक राज खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्लाका सबै क्याम्पसहरूमा संयुक्त वामपन्थी प्यानल बनाई निर्वाचनमा होमिने निर्णय भएको उल्लेख छ ।
जिल्लाको ११ वटा क्याम्पस मध्ये अनेरास्ववियुले सदरमुकामको रेसुङ्गा क्याम्पस, रुद्रावती क्याम्पस, मानका टिकाराम क्याम्पस , सत्यवती क्याम्पस , रुरु क्याम्पस, दिगाम क्याम्पस सहित ६ वटामा नेतृत्व लिने निर्णय भएको छ । त्यस्तै अनेरास्ववियु क्रान्तिकारीले धुर्कोट क्याम्पस, जनज्योति क्याम्पस , चन्द्रकोट क्याम्पस र रुरु क्याम्पस सहित चार वटा क्याम्पसमा नेतृत्व लिने निर्णय भएकोअनेरास्ववियुकाअध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।
त्यस्तै श्रृङ्गेश्वर क्याम्पसमा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने सहमति भएको छ । नेतृत्व लिने क्याम्पसमा विपरीत संगठनले स्वतः सचिव पद पाउने निर्णय भएकोअनेरास्ववियुक्रान्तिकारीका अध्यक्ष राजन पोखरेले बताए ।
देशभरमै सन्देश दिने गरी वामपन्थी एकता गरिएको एमाले सचिव गणेश श्रीपालीको भनाई छ । गुल्मीमा वामपन्थी जनधार बढिरहेकाले जनभावना अनुसार एकता गरिएको माओवादी केन्द्रका सचिव अशोक थापाको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण