मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीको स्ववियु निर्वाचनमा एमाले, माओवादी र विप्लवको गठबन्धन

बिहीबार, २५ फागुन २०७९, १३ : ३३
बिहीबार, २५ फागुन २०७९

गुल्मी । आगामी चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि गुल्मीमा वामपन्थी विद्यार्थीहरूले गठबन्धन गरेका छन् । सत्ता गठबन्धन विपरीत नेकपा एमाले, माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विद्यार्थीहरूले वामपन्थी गठबन्धन गरेपछि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ झस्किएको छ ।

६ बुँदे सहमति सहित संयुक्त विज्ञप्ति जारी गर्दै विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र विद्यार्थी युनियनलाई प्रगतिशील विचारधाराले सञ्चालन गर्दा अरू बढी प्रभावकारी बनाउन सकिने ठहर गर्दै वामपन्थी शक्तिहरूको तालमेल, सहकार्य र एकताको आवश्यकतालाई महसुस गर्दै यो निर्वाचनमा संयुक्त ढंगले अघि बढ्ने सहमति भएको छ ।’

एमाले पार्टी सचिव गणेश श्रीपाली र माओवादी केन्द्रका पार्टी सचिव अशोक थापा मुक्ति, अनेरास्वविष्युका अध्यक्ष शोभाखर गिरी, अनेरास्ववियु  क्रान्तिकारी अध्यक्ष राजन पोखरेल र अखिल क्रान्तिकारी संयोजक राज खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्लाका सबै क्याम्पसहरूमा संयुक्त वामपन्थी प्यानल बनाई निर्वाचनमा होमिने निर्णय भएको उल्लेख छ ।

 जिल्लाको ११ वटा क्याम्पस मध्ये अनेरास्ववियुले सदरमुकामको रेसुङ्गा क्याम्पस, रुद्रावती क्याम्पस, मानका टिकाराम क्याम्पस , सत्यवती क्याम्पस , रुरु क्याम्पस, दिगाम क्याम्पस सहित ६ वटामा नेतृत्व लिने निर्णय भएको छ । त्यस्तै अनेरास्ववियु क्रान्तिकारीले धुर्कोट क्याम्पस, जनज्योति क्याम्पस , चन्द्रकोट क्याम्पस र रुरु क्याम्पस सहित चार वटा क्याम्पसमा नेतृत्व लिने निर्णय भएकोअनेरास्ववियुकाअध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

त्यस्तै श्रृङ्गेश्वर क्याम्पसमा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने सहमति भएको छ । नेतृत्व लिने क्याम्पसमा विपरीत संगठनले स्वतः सचिव पद पाउने निर्णय भएकोअनेरास्ववियुक्रान्तिकारीका अध्यक्ष राजन पोखरेले बताए । 

देशभरमै सन्देश दिने गरी वामपन्थी एकता गरिएको एमाले सचिव गणेश श्रीपालीको भनाई छ । गुल्मीमा वामपन्थी जनधार बढिरहेकाले जनभावना अनुसार एकता गरिएको माओवादी केन्द्रका सचिव अशोक थापाको धारणा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप