बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ईसेवामा महिनाको २५ गते प्रिमियम तिर्दा २०० रुपैयाँसम्म क्यासब्याक

बिहीबार, २५ फागुन २०७९, १३ : ३९
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । ईसेवाले हरेक महिनाको २५ गतेलाई इन्स्योरेन्स् डे को रूपमा मनाउने भएको छ । यस अफर अन्तरगत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम बुझाउँदा २०० रुपैयाँसम्म क्यासब्याक पाइनेछ । 

इन्स्योरेन्स्को प्रिमियम अनलाइनमार्फत भुक्तान गर्नका लागि प्रोत्साहन गर्नका लागि यो सुविधा ल्याएको ईसेवाले जनाएको छ । ईसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एप्स् मार्फत आम नेपालीहरू सेवा प्रदान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप