समाचार
राष्ट्रपति चुनावको मतदान अन्तिम चरणमा
बिहीबार, २५ फागुन २०७९, १४ : ५३
काठमाडौँ । संघीय संसद् भवनमा जारी राष्ट्रपति पदको मतदान अन्तिम चरणमा पुगेको छ । हालसम्म संघीय संसदबाट ३१३ जनाले मतदान गरिसकेका छन् भने प्रदेश सभातर्फबाट ५१८ जना सांसदले मतदान गरिसकेको सांसद महेशकुमार बर्तौलाले जानकारी दिएका हुन् ।
प्रतिनिधिसभा तर्फ ३३४ कूल मत रहेकोमा १५ जना तटस्थ रहेका छन् भने २ जना सांसद बिरामी रहेका छन् भने एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका छन् । रवि लामिछानेको एउटा पद रिक्त रहेको छ भने एक जना सांसदको मृत्यु भएको छ ।
प्रदेशसभातर्फ ५५० जना सांसद मध्ये ५१८ जनाले मत हालिसकेको बर्तौलाले जानकारी दिए । आज ३ बजेसम्म मतदानको समय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण