सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

राष्ट्रपति चुनावको मतदान अन्तिम चरणमा

बिहीबार, २५ फागुन २०७९, १४ : ५३
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । संघीय संसद् भवनमा जारी राष्ट्रपति पदको मतदान अन्तिम चरणमा पुगेको छ । हालसम्म संघीय संसदबाट ३१३ जनाले मतदान गरिसकेका छन् भने प्रदेश सभातर्फबाट ५१८ जना सांसदले मतदान गरिसकेको सांसद महेशकुमार बर्तौलाले जानकारी दिएका हुन् ।

प्रतिनिधिसभा तर्फ ३३४ कूल मत रहेकोमा १५ जना तटस्थ रहेका छन् भने २ जना सांसद बिरामी रहेका छन् भने एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका छन् । रवि लामिछानेको एउटा पद रिक्त रहेको छ भने एक जना सांसदको मृत्यु भएको छ ।

प्रदेशसभातर्फ ५५० जना सांसद मध्ये ५१८ जनाले मत हालिसकेको बर्तौलाले जानकारी दिए । आज ३ बजेसम्म मतदानको समय रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप