प्रचण्डविरुद्ध मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै वाइसिएल गुल्मीले बुझायो ज्ञापनपत्र
बुटवल । माओवादी केन्द्र निकट युवा सङ्गठन वाइसिएल नेपाल गुल्मीले बिहीबार जिल्ला प्रशासनमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालीन मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै वाइसिएलले ज्ञापनपत्र बुझाएको हो ।
सङ्गठनका गुल्मी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य नारायण चन्द र जिल्ला संयोजक अशोक श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अध्यक्ष प्रचण्ड विरुद्ध जनयुद्धकालीन मुद्दा दायर गर्नु षडयन्त्र भएको जनाउँदै त्यसप्रति वाईसिएल नेपालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । सो सङ्गठनले विभिन्न ५ बुँदे माग समेत अघि सारेको छ ।
विज्ञप्तिमा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत व्यवस्था परिवर्तनका आन्दोलनहरूमा ज्यान गुमाएका योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न र तिनका परिवारलाई सम्मानित वातावरमा बाँच्न सक्ने गरी उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिएको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले उक्त ज्ञापन पत्र नेपाल सरकारलाई पठाउने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
-
लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण