काठमाडौंको घण्टाघरमा मोटरसाइल दुर्घटना, चालकको मृत्यु, पैदलयात्रु घाइते
शुक्रबार, २६ फागुन २०७९, ११ : ३८
काठमाडौं । काठमाडौंको घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन् ।
मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाडाैँ बस्ने सुजल छावुहाङ राईको उपचारको क्रममा शुक्रबार बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो ।
घाईते भएका पैदलयात्रु काठमाडौँको नैकाप बस्ने ५८ वर्षीय असोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भईरहेको छ । शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
-
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
-
गणेश कार्कीको प्रश्न– सदनमा अर्को गणेश नेपाली बन्नबाट रोक्ने छलफल खोइ ?
-
शृङ्खलाबद्ध जनविरोधी कामले बालेन सरकार नाङ्गिँदै छ : नेकपा एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण