पल शाहलाई वसुन्धरा भुषालको आशीर्वाद , ‘तेत्तिस कोटी भगवानले रक्षा गरुन्’
काठमाडौँ । वरिष्ठ हास्यअभिनेत्री वसुन्धरा भुषालले पल शाह भेट्न पाउँदा आफ्नो हर्षको सीमा नरहेको बताएकी छन् । उनले अभिनेता पलसँग भेट गरेका दर्जन बढी तस्बिर सामाजिक सञ्जाल मार्फत शेयर गर्दै पल पहिलेभन्दा झन् धेरै पोजेटिभ भएर आएको उल्लेख गरेकी छन् ।
तस्बिरमा उनले पललाई रातो टिका लगाएको समेत देख्न सकिन्छ । ‘आज बल्ल छोरा पल शाह र पलको बुबा, आमा, दिदी, बहिनी रोशनी, दाजु भाउजूहरू, भान्जा र सानो दुई भतिजहरूसँग भेट गर्ने मौका पाए । पल र सबै परिवारलाई टिक लगाई धेरै आशीर्वाद दिएकी छु’, उनले भनेकी छन् ‘सबै परिवारलाई तेतिसकोटी भगवानले सधैँ भरी रक्षा गरुन् भनेर हामी सदैव प्रार्थना गर्दर्छौ ।’
‘आज कर्मको छोरा पलसँग भेट्न पाउँदा हर्षको सीमा रहने । पहिले भन्दा अहिले झन् ह्याण्डसम भएर पो आएछ । पललाई मैले धेरै नै पोजेटिभ देखे । हुन त उ पहिले देखिनै पोजेटिभ बिचार भएको मानिस हो’ उनी अगाडि लेख्छिन् ‘सबै शुभचिन्तकहरुको प्रार्थना आशीर्वाद ले गर्दा ढिर्लै भएपनि न्याय पाएका छन् । छोराले विगतमा भन्दा पनि अझ बढी प्रगति गर्दै जाहोस् भनी प्रार्थना गर्दछु ।’
एक वर्षपछि १५ फागुनमा कारागारबाट मुक्त भएका पल शाहलाई भेट्न उनको घरमा दैनिक भिड लाग्ने गरेको छ । पल र वसुन्धरा भुषालले फिल्म ‘शत्रु गते’मा एकसाथ काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण