शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको इतिहासलाई लुकाउन खोजियो : अध्यक्ष ओली

शनिबार, २७ फागुन २०७९, १४ : ५१
शनिबार, २७ फागुन २०७९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताएका छन् । नेक्सस इन्टरनेशनल एकेडेमीको भवन शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाल भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भएपनि त्यसलाई लुकाउन खोजिएको बताए  ।

उनले नेपालीहरु बहादुरमात्रै नभइ बुद्धिमानी पनि रहेको बताए । उनले नेपालका पुर्खाहरु जति विद्वान अन्य कतै नरहेको दाबीसमेत गरे । उनले वेदव्यास, ऋषि विश्वामित्र, कपिलमुनी गौतम बुद्ध, पाणिनीको उदाहरण दिँदै उनीहरुको बारेमा नेपालीहरुलाई बुझाउन आवश्यक रहेको बताए । उनले नेपाल इतिहासमा पनि विद्वानहरुको भूमि भएको र भविष्यमा पनि विद्वानहरुको भूमि हुने बताए । उनले नेपाल ज्ञानको उत्पत्ति बिन्दु भएपनि पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा पारिएको बताए ।  

उनले भने, ‘नेपालीहरुलाई बहादुर मात्रै भनिएको छ, तर बहादुर मात्रै होइन, नेपालीहरु विद्वान पनि छन् । हाम्रा पुर्खाजस्ता विद्वान कोही छैनन् । वेदव्यास तनहुँका थिए, ऋषि विश्वामित्र शिवभन्दा पछाडि दर्शनशास्त्रका प्रणेता विश्वामित्र कोशी किनारमा बस्थे । कपिलमुनी कपिलवस्तुका थिए, उनी सांख्य दर्शन र शिवयोगका अध्येता थिए । २६ सय वर्षअघि बुद्ध रुपन्देहीमा थिए । पाणिनी अर्घखाँचीका थिए । यस्ता अनेक विद्वान यहाँका छन् तर छोप्न खोजिएको छ । यो इतिहासमा पनि विद्वानहरुको भूमि हो । भविष्यमा पनि विद्वानहरुको भूमि हुनेछ ।’

अध्यक्ष ओलीले नेपाल जस्तो पवित्र भूमि र ज्ञानको प्रारम्भ भएकाले नेपाल ऐतिहासिक भूमि भएको बताए ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप