अपडेट
नाकामुराको गोलमा जापानले खेललाई बराबरीमा ल्यायो
सोमबार, ०१ असार २०८३, ०३ : ०३
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्याण्ड्स र जापानबीचको खेलमा जापानका केइतो नाकामुराले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका छन्।
- खेलको ५७औं मिनेटमा नाकामुराले गोल गरे, जसका लागि ताकेफुसा कुबोले पास दिएका थिए।
- ५०औं मिनेटमा भर्जिल भान डाइकले गोल गरेपछि पछि परेको जापानले ७ मिनेटमै बराबरी गोल फर्काएको हो।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्यान्ड्स र जापानबिच जारी प्रतिस्पर्धामा जापानले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको छ । खेलको ५७औं मिनेटमा मिडफिल्डर केइतो नाकामुराले गोल गरेपछि खेल १–१ को रोमाञ्चक स्थितिमा पुगेको हो ।
नाकामुराको यस गोलका लागि ताकेफुसा कुबोले उत्कृष्ट पास उपलब्ध गराएका थिए । ५० औं मिनेटमा भर्जिल भान डाइकको गोलबाट पछि परेको जापानले मात्र ७ मिनेटपछि नै बराबरी गोल फर्काउन सफल भएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण