सिक्किममा भारी हिमपात, ९०० पर्यटक फसे

पर्वतीय राज्य सिक्किममा शनिवार बेलुका भारी हिमपातका कारण सीमावर्ती इलाका नाथुलाबाट फर्किरहेका सयभन्दा बढी वाहनमा सवार करिब ९०० पर्यटक बाटोमा नै फसेका छन् ।
उद्धार कार्यका लागि सेना उतार्नुपर्यो । सिक्किम प्रहरीले यसबारे जानकारी दिएको हो ।
प्रहरीका एक अधिकारीका अनुसार सेनाका जवानले केही पर्यटकलाई अबेर राती राजधानी गंगटोक ल्याए ।
अन्य भने त्यहाँ नजिकै सेनाको शिविरमा रात बिताउन बाध्य भए । उनीहरूलाई भोलिपल्ट बिहान राजधानी पुर्याउने बन्दोबस्त गरियो ।
सेनाको स्रोतले दिएको जानकारी अनुसार नाथुला र गंगटोकबीच १५ माइल इलाकामा ९०० पर्यटक फसेका थिए ।
यी मानिसहरू सीमावर्ती इलाका नाथुला र यहाँका चर्चित छाङ्गु पुल हरेपछि फर्किरहेका थिए । यो इलाका गंगटोकभन्दा करिब ४२ किलोमिटर टाढा छ ।
सीमा सडक सङ्गठन (बिआरओ) को समूह बाटोमा जमेको बरफ हटाउन जुटेको छ । केही पर्यटकलाई नजिकैको सेना छाउनीमा लगेर खानपिन र उपचारको प्रबन्ध मिलाइएको छ ।
भारी हिमपातका कारण सिक्किममा प्रशासनले केही दिनका लागि नाथुला र छाङ्गु पुल जानका लागि पास जारी गर्न रोक लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार