सिक्किममा भारी हिमपात, ९०० पर्यटक फसे
पर्वतीय राज्य सिक्किममा शनिवार बेलुका भारी हिमपातका कारण सीमावर्ती इलाका नाथुलाबाट फर्किरहेका सयभन्दा बढी वाहनमा सवार करिब ९०० पर्यटक बाटोमा नै फसेका छन् ।
उद्धार कार्यका लागि सेना उतार्नुपर्यो । सिक्किम प्रहरीले यसबारे जानकारी दिएको हो ।
प्रहरीका एक अधिकारीका अनुसार सेनाका जवानले केही पर्यटकलाई अबेर राती राजधानी गंगटोक ल्याए ।
अन्य भने त्यहाँ नजिकै सेनाको शिविरमा रात बिताउन बाध्य भए । उनीहरूलाई भोलिपल्ट बिहान राजधानी पुर्याउने बन्दोबस्त गरियो ।
सेनाको स्रोतले दिएको जानकारी अनुसार नाथुला र गंगटोकबीच १५ माइल इलाकामा ९०० पर्यटक फसेका थिए ।
यी मानिसहरू सीमावर्ती इलाका नाथुला र यहाँका चर्चित छाङ्गु पुल हरेपछि फर्किरहेका थिए । यो इलाका गंगटोकभन्दा करिब ४२ किलोमिटर टाढा छ ।
सीमा सडक सङ्गठन (बिआरओ) को समूह बाटोमा जमेको बरफ हटाउन जुटेको छ । केही पर्यटकलाई नजिकैको सेना छाउनीमा लगेर खानपिन र उपचारको प्रबन्ध मिलाइएको छ ।
भारी हिमपातका कारण सिक्किममा प्रशासनले केही दिनका लागि नाथुला र छाङ्गु पुल जानका लागि पास जारी गर्न रोक लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण