‘अर्थतन्त्र सुधार्न कृषि र किसानको अवस्था सुधारौँ’
काठमाडौँ । वर्तमान आर्थिक अवस्थाबाट देशलाई माथि उठाउन कृषि र किसानहरूको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको सरोकारवालाले जोड दिएका छन् । शनिवार काठमाडौँमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २२ औँ स्थापना दिवसका अवसरमा बोल्ने वक्ताहरूले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुहरूको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यान दिन सके अर्थतन्त्र सुधारको बाटो खुल्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै कृषि विकास बैंकका पूर्व अध्यक्ष एवं सिईओ श्रीकृष्ण उपाध्यायले कृषि क्षेत्रमा लगानी मात्र नभई उत्पादन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारीका सदस्य किसानहरूलाई उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषिका कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
‘सहकारीमा समस्या मात्र छैनन् सम्भावना पनि छन् । आफूलाई सफल प्रमाणित गरेका सहकारीहरू पनि छन् यसको पहिचान गर्ने समय आइसकेको छ’ उपाध्यायले भने, ‘सहकारी र लघुवित्तलाई एउटै नजरबाट हेर्ने परिपाटीको अन्त्य गर्नुपर्छ ।’
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सहकारी मार्फत सदस्य किसानहरूलाई प्रवाह गरेको ज्ञान, सिप, पुँजी, प्रविधि र सचेतनाले गरिब, पिछडिएको वर्ग, दलित, अल्पसंख्याक, महिलाहरूको नेतृत्व विकासमा ठुलो योगदान पुगेको समेत उनले बताए ।
यसैगरी कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले लघुवित्तलाई एउटै डालोमा राखेर गरिएको विश्लेषणप्रति असन्तुष्टि जनाए । जहाँ समस्या छ त्यहीँ उपचार गर्नुपर्नेमा सबै क्षेत्र नै गलत भयो भन्ने गरी भइरहेको प्रचार प्रसारले आफूहरूलाई नकारात्मक प्रभाव पारिरहेको उनले बताए ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले साना किसान कृषि सहकारी संस्था मार्फत सदस्य किसानहरूलाई सेवा प्रदान गर्दै आइरहेको स्पष्ट पार्दै अध्यक्ष पाठकले साना किसानमा कुनै समस्या नरहेको दाबी गरे ।
अहिले १ हजार ४ सय ५९ साझेदार साना किसान कृषि सहकारी मार्फत साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ले सेवा प्रवाह गरिरहेको जानकारी गराउँदै उनले आफ्नो सञ्जालका संस्थामा बजारमा भनिएजस्तो समस्या नरहेको दाबी गरे ।
ग्रामीण अर्थतन्त्र सुधारमा केन्द्रित साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.ले समुदायमा पछाडि परेका राउटे, कुसुण्डा, मुसहर, बनकरीया, दलित, अल्पसंख्यक र महिलाहरूको आर्थिक सामाजिक रूपान्तरणमा काम गरिरहेको जानकारी उनको भनाइ छ ।
किसानहरूको सहभागितामा किसानहरुकै नेतृत्वमा सञ्चालित साना किसान कृषि सहकारीहरूमा कुनै समस्या नरहेको स्पष्ट पार्नुहुँदै अध्यक्ष पाठकले कहीँ कतै त्यस्तो समस्या देखिए तत्काल समाधान गर्न आफूहरू तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरे ।
गरिब किसानहरूलाई धनी बनाउने, पछाडि परेकाहरूलाई मूलधारमा ल्याउने, सामाजिक सामुदायिक काम मार्फत खानेपानी, सडक, सरसफाइ लगायतका काममा साना किसानहरू गाउँ–गाउँमा लोकप्रिय संस्था बनेको अध्यक्ष पाठकले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण