मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिममा ७४ वर्षीय पुरुषको हत्या आरोपमा ६ जना पक्राउ

आइतबार, २८ फागुन २०७९, १२ : ०३
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ घोरखानी घर भएका ७४ वर्षीय जितबहादुर बुढाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय अनिल पुन, २ जना १७ वर्षीय किशोर, २ जना १६ वर्षीय किशोर र १४ वर्षीय किशोर छन् ।

आरोपीहरुलाई शनिवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ । पूर्व रिसिबिको कारण आरोपीहरुले कुटपिट गरेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । कुटपिटबाट गम्भिर घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप