रुकुम पश्चिममा ७४ वर्षीय पुरुषको हत्या आरोपमा ६ जना पक्राउ
आइतबार, २८ फागुन २०७९, १२ : ०३
काठमाडौँ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ घोरखानी घर भएका ७४ वर्षीय जितबहादुर बुढाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय अनिल पुन, २ जना १७ वर्षीय किशोर, २ जना १६ वर्षीय किशोर र १४ वर्षीय किशोर छन् ।
आरोपीहरुलाई शनिवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ । पूर्व रिसिबिको कारण आरोपीहरुले कुटपिट गरेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । कुटपिटबाट गम्भिर घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण