आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो बन्यो मेलिना र कृष्णको ‘चट्ट मायालु’ ?

आइतबार, २८ फागुन २०७९

काठमाडौंँ । चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ । रविमान सिंह बस्न्यातको शब्द, टिका बन्जनको संगीत रहेको गीतको एरेन्ज फणीन्द्र राईले गरेका हुन् ।

रोमान्टिक डान्सिङ शैलीमा तयार गरिएको गीतमा एक प्रेमीले प्रेमीकाको सौन्दर्यको वर्णन गरेका छन्, भने प्रेमीकाले प्रेमीको ह्याण्डसम भनेर प्रशंसा गरेकी छन् । निकै तामझाम सहित निर्माण भएको भिडियो आकर्षक बनेको छ । जसमा अभिनेता आकाश श्रेष्ठ, पुष्प बहादुर खड्का, जीवन गिरीको साथमा मोडल सेकी इटनीको अभिनय छ ।

भिडियोमा इटनीसँग आकाश र पुष्पपछि लागेको समेत देखाइएको छ । थुप्रै म्युजिक भिडियो अभिनय गरिसकेकी मोडल सेकिको भिडियोको अन्त्यमा अभिनेता जीवन गिरीसँगको प्रेम सम्बन्ध देखाइएको छ । मिष्टर वसिन नेपाल समेत रहेका अभिनेता जीवन र सेकिको जोडी परफेट देखिन्छ । भिडियोमा सेकीको नृत्यले समेत दर्शकको मनमा गहिरो छाप छोड्न सक्छ ।

भिडियोका निर्देशक शिव विक हुन् । रोशन भुसालको छायाङ्कन रहेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियो मोडल इटनीको अफिसियल टुट्युव च्यानल सकी इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया