उपराष्ट्रपतिबारे टुंगो लगाउन गठबन्धनको बैठक बस्दै
काठमाडौँ । उपराष्ट्रपतिको विषयमा टुंगो लगाउन १० दलीय गठबन्धनको बैठक सिंहदरवारमा बस्न लागेको हो । सत्ता गठबन्धनबाट नै उपराष्ट्रपतिमा तीनजना उम्मेदवार भएका छन् । त्यसको विषयमा छिनोफानो गर्नका लागि गठबन्धनको बैठक बस्न लागेको जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवले बताए ।
उनले भने, ‘गठबन्धनबाट उपराष्ट्रपतिका एकजना मात्र उम्मेदवार रहनेछ, त्यसका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।’ सत्ता गठबन्धनको उम्मेदवार रामसहाय यादव हुन् । प्रमिला यादव र ममता झाले उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिने उनले दावी गरे ।
तर जनमत पार्टीका अध्यक्ष डा.सिके. राउतले शनिबार गठबन्धनमा निर्णय भएपनि मित्रवत प्रतिस्पर्धाका लागि ममता झाको उम्मेदवारी कायम रहने जानकारी दिएका थिए । निर्वाचन अधिकृतको कार्यालयले जसपाबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहाय यादवको उम्मेदवारी कायम रहने निर्णय गरिसकेको छ । त्यसले गर्दा गठबन्धनलाई उपराष्ट्रपतिको विषयमा निर्णय लिन भने सजिलो हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण