मुलुकको शोधनान्तर स्थिति १ खर्ब ३३ अर्बले बचतमा, चालु खाता सुधारोन्मुख
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा मुलुकको वित्तीय स्थिति निकै सुधारोन्मुख रहेको देखिएको छ । आइतबार साउनदेखि माघ मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको केन्द्रीय बैंकले मुलुकको शोधनान्तर स्थिति (बीओपी) १ खर्ब ३३ अर्ब बढीले बचतमा रहेको देखाएको हो ।
माघ मसान्तसम्म यस्तो शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँले घाटामा रहेको थियो ।
समीक्षा अवधिमा २७ प्रतिशत बढीले रेमिट्यान्स बढ्दै गर्दा यता आयात घट्नु र वैदेशिक सहयोग समेत बढ्नुले बीओपीमा सुधार आएको राष्ट्र बैंकको भनाइ छ ।
यद्यपि, सोही अवधिमा यता मुलुकको चालु खाता घाटा भने २९ अर्ब ६४ करोडले घाटामा रहेको बैंकको तथ्याङ्कले खाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४ खर्ब ११ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ४५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४६ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १५.२ प्रतिशतले कमी आई रु.५ अर्ब ३५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.६ अर्ब ३१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब २९ करोड रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण