बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘आइएमई पे मोबाइल टप अप’मा पाँच प्रतिशत क्यासब्याकलाई निरन्तरता

आइतबार, २८ फागुन २०७९, १५ : २४
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । ‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ । 
टप अपमा पाँच (५%) प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको कम्पनीले जनाएको छ ।  यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आमसेवाग्राहीहरूलाई अभ्यस्त बनाउने विश्वास लिइएको कम्पनीको भनाइ छ ।
 
आमसेवाग्राहीहरूले दुई हजार (रू.२, ०००) रिर्चाज गर्दा एक सय (रू. १००),  एक हजार (रू. १, ०००)  गर्दा पचास (रू. ५०) र एक सय (रू.१००) गर्दा पाँच  (रू.५) क्यासब्याकका साथै हरेक रिर्चाजमा पाँच प्रतिशत (५%)  सम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको छ ।  यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत  र दर्ता नभएको मोवाइल नम्बरमा  दुई प्रतिशत कायम गरिएको कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप