रावलको ‘खाटा बसेको घाउ’ लोकापर्ण
काठमाडौँ । कथाकार जनक रावलको ‘खाटा बसेको घाउ’ कथासङ्ग्रह लोकार्पण गरिएको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार पुरुषोत्तम दाहाल, सिक्किमका वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठ, विशिष्ठ कालाकार लय संग्रौला, उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठ, लेखक राजनीतिक विश्लेषक केशवप्रसाद चौलागाईं, स्रष्टा जनक रावल र उनकी धर्मपत्नी कल्पना रावल, कृतिका सम्पादक कृष्ण भुसाल, गीतकार तथा निर्देशक गणेश सुवेदी, मिलाप फाउन्डेशनकी अध्यक्ष गीता अधिकारीलगायतयले संयुक्त रुपमा सो कृतिको लोकार्पण गरेका हुन् ।
कथाकार रावलको २५औँ वैवाहिक वर्षगाँठको अवसर पारेर गरिएको कार्यक्रममा रावल दम्पतीले एक–अर्कालाई दुवोको माला लगाएका थिए । मिलाप पब्लिकेसनको आयोजनामा भएको कार्यक्रममा कृतिको समीक्षा सन्तोष श्रेष्ठले गरेका थिए । उनले वास्तविक जीवनसँग मेला खाने यर्थाथपरक कथा रावलले लेखेको बताए ।
यस्तै गीतकार संघका अध्यक्ष वसन्त थापाले स्रष्टा रावल कथाकार मात्र नभएर एउटा सशक्त गीतकार पनि भएको बताए । त्यस्तै लेखक एवं राजनीतिक विश्लेषक केशवप्रसाद चौलागाईंले राजधानीमा धेरै पुस्तक लोकार्पण कार्यक्रम हुने गरेका भए पनि यो कार्यक्रम विशेष खालको रहेको भन्दै स्रष्टा रावललाई बधाई तथा शुभकामना दिए ।
त्यसैगरी सिक्किमका वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठले नेपाली भाषा, साहित्य, कला संस्कृतिका लागि जहाँ भएका नेपाली भए पनि आ–आफ्नो ठाउँबाट सक्दो योगदान पु¥याउनुपर्ने बताए । उनले यो कथा संग्रह अब रावलको मात्र नभएर पाठकको समेत भएको बताए ।
कृतिमा १९ वटा कथा २२५ पृष्ठमा समेटिएका छन्
श्रेष्ठलाई मिलाप सम्मान
सो अवसरमा सिक्किमका वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठलाई मिलाप विशिष्ट सम्मान प्रदान गरिएको छ । सिक्किममा रहेर नेपाली भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, संवद्र्धनमा लामो समयदेखि समर्पित रही गरेको योगदानको कदर गर्दै मिलाप सम्मान अर्पण गरिएको थियो ।
सम्मानित श्रेष्ठका ‘पुष्प वाटिका’ कविता संग्रह, ‘मेरा केही स्मृतिहरू’ संस्मरण प्रथम र दोस्रो संस्करण, ‘मेरा केही यात्रा संस्मरणहरू’, निबन्ध संग्रह, ‘मह’ कविता संग्रह, ‘मोह’ कविता संग्रह, ‘आत्मासाक्षात्कार’ निबन्ध संग्रह, ‘माया’ कविता संग्रह, ‘मेरा केही अभिव्यक्तिहरू’ निबन्ध संग्रह, ‘मन’ कविता संग्रह र ‘जमरा’ लगायत ११ कृति प्रकाशित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण