शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आन्दोलनरत उद्योगी व्यवसायीले केन्द्रीय बैंक घेर्ने

आइतबार, २८ फागुन २०७९, १७ : ३९
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । आजदेखि संयुक्त आन्दोलनमा रहेका उद्योगी व्यवसायीले भोलि सोमबार नेपाल राष्ट्र बैंक घेराउ गर्ने भएका छन् । चर्को बैंक ब्याजदरविरुद्ध सडक आन्दोलनमा उत्रिएका व्यवसायीले भोलि विहान ११ बजे केन्द्रीय बैंक घेराउ गर्ने भएका हुन् ।

आन्दोलनको नेतृत्व गरिरहेको बैंक तथा वित्तीय समस्या संघर्ष समितिले विहान ११ बजे आन्दोलनमा सहाभागी हुन सूचना जारी गरेको छ । आन्दोलनमा देशभरका विभिन्न क्षेत्रमा काम गरिरहेका ९ वटा महासंघ र ५९ वटा जिल्ला तथा वस्तुगत संघ आबद्ध छन् ।

suchana

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप