गोरखामा सवारी दुर्घटना, एकको मृत्यु, आठ घाइते
सोमबार, २९ फागुन २०७९, १४ : ३१
काठमाडौँ । गोरखा जिल्लाको गोरखा नगरपालिका–६ मा रहेको बिसौनी मोडमा दुई सवारी साधन एक आपसमा ठोक्किएर सडकमुनि खस्दा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
प्रदेश ३ ०१–०००३ क ६१७० नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आइरहेको बा ८६ प १७८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर सडकभन्दा २० मिटर तल खस्न पुगेका थिए । जिल्ला प्रहरी कार्यालयका डीएसपी लीलाराज लामिछानेका अनुसार दुर्घटनामा घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा ६ जना पुरुष र दुई जना महिला घाइते भएका छन् । सबैको सनाखत हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण