बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सौर्य मण्डलमा सूर्यभन्दा अघि पानी थियो : वैज्ञानिकले भने – ताराबाट ग्रहमा पानी आयो

सोमबार, २९ फागुन २०७९, १५ : ३५
सोमबार, २९ फागुन २०७९

सौर्य मण्डलमा सूर्यभन्दा पहिले पानी थियो । सौर्य मण्डलको निर्माणको अनुसन्धानमा लागेका वैज्ञानिकको भनाइ यही हो । वैज्ञानिकहरू धेरै वर्षदेखि ब्रह्माण्डमा सबैभन्दा पहिला कसको अस्तित्व थियो भनेर पत्ता लगाउन खोजिरहेका छन् – सूर्य, पानी, धर्ती, आकाश वा केही अरू नै । 

अमेरिकाको नेशनल रेडियो एस्ट्रोनोमी अब्जर्भेटरीका वैज्ञानिक जोन जे टोबिन काले भने, ‘हामीले एउटा ताराको डिस्कमा अनुसन्धान गर्यौँ । यसबाट हामीले सूर्यको उत्पत्ति हुनुअघि सौर्य मण्डलमा पानीको उत्पत्ति भएको थाहा पाएका छौँ । यो ताराको नाम V883 Orionis हो । यो पृथ्वीबाट १३०० प्रकाश वर्ष टाढा छ । यसको वरिपरि बनेको डिस्कबाट हामीले थाहा पायौँ कि यहाँ पानी ग्यासको रूपमा रहेको थियो । 

ताराको डिस्कमा भयो अनुसन्धान

जोन जे टोबिनले भने, ‘ग्यास र धुलोले बनेको बादल विस्फोट हुँदा तारा बन्छ । यस ताराको वरिपरि यही बादलको डिस्क पनि बन्छ । हामीले V883 Orionis को डिस्कमा पाएको पानीमा केही रसायनहरू छन् । यसले ताराहरूबाट ग्रहमा पानी कसरी पुग्यो भनेर देखाउँछ । यसले पृथ्वीमा पानी सूर्य भन्दा पुरानो छ भन्ने सिद्धान्तलाई पनि समर्थन गर्दछ ।’

earth1पानी विभिन्न अवस्थामा बन्छ 

उनले भने – ताराको चारैतिर बनेको यो डिस्कमा भएका पदार्थ हजारौँ वर्षपछि टाँस्सिने गर्छ । यी पछि धूम केतु, क्षुद्र ग्रह र ग्रह बन्छन् । हामीलाई थाहा छ कि पानी विभिन्न प्रकारको स्थितिमा बन्छ । यसको अनुपात भिन्न–भिन्न हुन्छ । 

उदाहरणका लागि, सौर्य मण्डलका केही धूम केतुहरूको अनुपात पृथ्वीमा रहेको पानीसँग मिल्दोजुल्दो देखाइएको छ । यसबाट धूम केतुको माध्यमबाट पृथ्वीमा पानी पुगेको देखिन्छ । V883 Orionis को डिस्कमा पानीको संरचना हाम्रो सौर्य मण्डलको धूम केतुको जस्तै छ । यसबाट हामी भन्न सक्छौँ कि पानी अरबौँ वर्ष पहिले बनेको थियो । अन्तरिक्षमा बन्यो, सूर्य भन्दा पहिले ।

पानी अर्थात् हाइड्रोजनको २ र अक्सिजनको १ परमाणु

मुसल धारे पानी होस्, कित्लीबाट निस्केको बाफ होस् वा बरफको रसिलो गोला नै किन नहोस् । पानीको यो तीन वटै रूपको केमेस्ट्रीमा एचटुओ हुन्छ । एचटुओ अर्थात् पानीको अणु । र अणु कुनै पनि पदार्थको एकाइ हो । ठ्याक्कै त्यस्तै जुन कोशिकासँग मिलेर हाम्रो शरीर बन्छ । अर्थात्, कोशिका हाम्रो शरीरको एकाइ हो । एचटुओ अर्थात् पानी तीन परमाणु मिलेर बन्छ । यसमा दुई हाइड्रोजनको परमाणु हुन्छ र एउटा अक्सिजनको । त्यसैले यसको नाम एचटुओ हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप