जुम्लाका एक युवा होटेलमा मृत फेला
मङ्गलबार, ३० फागुन २०७९, ०९ : ४२
जुम्ला । जुम्लामा एक युवा होटेलभित्र मृत अवस्थामा फेला परेका छन्। बाजुरा जिल्ला जगनाथ नगरपालिका (६ कोटगाटी गाउँका वर्ष २८ का धिरज विष्ट मृत अवस्थामा फेला परेका हुन्।
मंगलबार बिहान ७ बजे श्रीमती उज्जनाले उठाउन जाँदा मृत भेटिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्। उनले भनिन् श्रीमती उज्जना बुढाका अनुसार बेलुका मादक पदार्थ सेवन गरेर सुतेका थिए। उनी श्रीमतीको स्वास्थ्य उपचार गर्न जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका थिए।
उज्जनाको पाठेघर र छालाको उपचार गर्न आएको रिजालले बताइन् । चन्दननाथ ४ मा अवस्थित तिला कर्णाली अर्ग्यानिक होटेलमा आइतबारदेखि बास बसेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण