सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईद्वारा महाअभियानको केन्द्रीय कमिटी विघटन

मङ्गलबार, ३० फागुन २०७९, १३ : ४४
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान- २०७९ को केन्द्रीय कमिटी विघटन गरिएको छ ।  महाअभियानका संयोजकदुर्गा प्रसाईले मंगलबारबाट संयोजक र प्रवक्ताबाहेक सम्पूर्ण केन्द्रिय कमिटी बिगठन गरिएको जानकारी दिएका हुन् ।

मेडिकल व्यवसायी प्रसाईले केही दिन अघि मात्र बैंक तथा वित्तीय संस्थाको विरोधमा थप आन्दोलनको घोषणा गरेका थिए ।  उनले गणतन्त्रको बाटो हिँड्दा अभाव सिद्ध भएका कारण २०४७ सालको संविधान लागू गर्नुपर्ने, संविधानलाई संशोधन गरी सबै पक्षलाई मान्य हुनेगरी अघि बढ्ने, बैंक,वित्तीय सहकारी बीमा कम्पनीहरूलाई तुरुन्त राष्ट्रियकरण गरी निक्षेपकर्ताको निक्षेपकलाई ध्यानमा राख्दै निक्षेपकर्ताको ब्याज ६ प्रतिशतभन्दा माथि नहुने गरी लघुवित्त र सहकारीका ऋणीहरूको २० लाख भन्दा मुनिको ऋण मिनाहा गरी विखण्डन भएको परिवार र घरबाट निकाली सुकुम्वासी बनाइ सडकमा पुर्‍याएका परिवारलाई एकै ठाउँमा बस्ने वातावरण मिलाउनुपर्ने, २० लाख भन्दा माथिको ऋणमा ४ देखि ५ प्रतिशत ब्याजमा दिनुपर्ने र उद्योग धन्दा कलकारखाना खोली नेपालबाट वैदेशिक रोजगारमा गएका नेपाली युवाहरूलाई नेपालमा नै स्वरोजगारको लागि ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरू राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप