सिकार खेल्न जाँदा गोली लागेर सल्यानमा बालकको मृत्यु
मङ्गलबार, ३० फागुन २०७९, १३ : ४८
सुर्खेत । सल्यानमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–९ स्वारा भन्ने ठाउँमा अन्दाजी १५ वर्षीय चित्रबहादुर रावत रहेका छन् ।
सिकार खेल्न जाने क्रममा भरुवा बन्दुक एक्कासि पड्किएर रावतको पेट र घाँटीमा गोली लागेको थियो । उपचारका लागि सुर्खेत ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सोमबार बेलुकी उनका बुबा दिले रावत, आइते रावत र चित्रबहादुर घरदेखि २ किलोमिटर टाढा पर्ने जंगलमा सिकार खेल्न गएको अवस्थामा आइते रावतले बोकेको बन्दुक पड्केको थियो । घटनाबारे अनुसन्धानका लागि प्रहरी टोलीलाई खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण