उपराष्ट्रपति निर्वाचन : गठबन्धन बैठकको पर्खाइमा लोसपा र जनमत
काठमाडौँ । जनमत पार्टीबाट उपराष्ट्रपति पदको उम्मेदवार ममता झाको प्रस्तावक र समर्थक रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सत्ता गठबन्धनको बैठकको परखाइमा देखिएको छ । मत कसलाई हाल्ने भन्नेबारे लोसपा गठबन्धनको निर्णयको पर्खाइमा रहेको हो ।
फागुन २७ गते बसेको १० दलको बैठकमा उपराष्ट्रपतिको साझा उम्मेदवारमा कुरा नमिलेपछि जनमत पार्टीले छुट्टै उम्मेदवार खडा गरेको थियो । यद्यपि उम्मेदवारीका बीच पछि छलफल गरेर टुंगो लगाउने सहमति भएको थियो ।
सोहीअनुसार जनता समाजवादी पार्टीले रामसहाय यादव र प्रमिला यादव गरी दुई जनालाई उम्मेदवार बनायो भने जनमत पार्टीले ममता झालाई उम्मेदवार बनायो । पार्टीको निर्णयअनुसार प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाइसकेकी छन् ।
रामसहाय यादवलाई माओवादी, काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका समर्थन थियो । यस्तै जनमतका उम्मेदवारलाई लोसपा र नागरिक उन्मुक्ति पार्टीको समेत समर्थन थियो ।
चैत ३ गते हुने चुनावको मिति नजिक आएपनि हालसम्म गठबन्धनको बैठक बसेको छैन । लोसपा र जनमत समेत गठबन्धनको निर्णयकै पर्खाइमा छन् । लोसपाका कार्यकारिणी सदस्य केशव झाले सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको एकजना मात्र उम्मेदवार रहने बताए । गठबन्धनले गर्ने निर्णय अनुसार मतदान गर्ने उनले बताए ।
फागुन २७ गते बसेको बैठकमा कुरा नमिलेपछि छुट्टाछुट्टै उम्मेदवारी दिने र पछि एउटामात्रै उम्मेदवार कायम गर्ने गरी छलफल गर्ने तय भएको उनको भनाइ छ । तत्काल जनमत पार्टीका उम्मेदवार ममता झालाई समर्थन गरेपनि गठबन्धनले गर्ने निर्णय अनुसार अगाडि बढ्ने उनले बताए ।
जनमत पार्टी पनि गठबन्धनको बैठकको प्रतीक्षामा छ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले उम्मेदवारी गराउने दिन सञ्चारकर्मीसँग कुरा गर्दै हाललाई पार्टीबाट उम्मेदवारी परेपनि गठबन्धनमा छलफल हुन बाँकी रहेको बताएका थिए । कसको उम्मेदवारी कायम राख्ने भन्नेबारेमा छलफल हुने उनको भनाइ थियो ।
जनमत पार्टीका एक नेताले गठबन्धनले तत्काल कुनै निर्णय गरे अघि बढ्न सहज हुने बताए । त्यसका लागि तत्काल बैठक बसेर निर्णय लिनुपर्ने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण