शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लघुवित्त र मिटरब्याजीविरुद्ध काठमाडौँमा पीडितहरूको प्रदर्शन (तस्बिरहरु)

मङ्गलबार, ३० फागुन २०७९, १५ : ४६
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । लघुवित्त र मिटर ब्याजीहरुविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन भएको छ । मंगलबार पीडितहरू काठमाडौँको माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका लागि पीडितहरू काठमाडौँ उपत्यकाबाहिरबाट समेत आएका थिए । प्रदर्शनमा ५० जिल्लाका पीडित सहभागी भएको उनीहरुको दाबी छ । 

उनीहरूले लघुवित्त र मिटर ब्याजीबाट पीडित भएकोले ऋण मिनाह गर्नुपर्ने तथा किसानहरुले विना धितो ऋण पाउनुपर्ने माग अघि सारेका छन् । 

उनीहरुले ‘नव सामन्तीको रुपमा स्थापित लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने,समाजवादी अर्थतन्त्रको विकास गर’, लगायत लेखेका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

birodhbirodh1birodh3birodh4birodh5birodh6birodh7birodh9birodh10birodh11birodh12birodh13birodh14birodh15birodh16birodh17birodh18birodh19birodh20birodh21birodh22birodh23birodh24birodh25birodh26

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप