विप्लवको पार्टीले बनायो कर्णाली मुक्ति मोर्चा
जुम्ला । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कर्णाली मुक्ति मोर्चा गठन गरेको छ । जुम्लामा भेला आयोजना गरी कर्णबहादुर भण्डारीको नेतृत्वमा १९ सदस्यीय कमिटी गठन गरिएको हो ।
संयोजक भण्डारीले कर्णाली मुक्ति मोर्चा कर्णालीवासीको हकहित र संरक्षणका लागि गठन गरिएको बताए । सम्पूर्ण उत्पीडित कर्णालीवासी र कर्णाली क्षेत्रको उत्पीडनका विरुद्ध संघर्ष गर्ने उनको भनाइ छ ।
मोर्चाले कर्णाली क्षेत्रको राजनीतिक, आर्थिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास, संरक्षण र संवर्द्धनका लागि उपयुक्त कदम चाल्ने, नेपाल वा नेपाल बाहिर जुनसुकै स्थानमा बसोबास गरेको भए पनि कर्णालीको विकास, र समृद्धि तथा कर्णालीका सांस्कृतिक संरक्षण र विकासका लागि लड्ने व्यक्ति, समुदाय र संस्थाहरुलाई संगठित र एकताबद्ध गरी संघर्ष गर्ने उद्देश्य लिएको उनले जानकारी दिए ।
कर्णाली मुक्ति मोर्चाले विगतमा सरकारको तर्फबाट भएका सुगौली सन्धि तथा सन् १९५० को सन्धि, विप्पा, सुपर्दगी लगायतका सम्पूर्ण असमान सन्धि, सम्झौताको विरोध गर्ने र सबै असमान सन्धि सम्झौता खारेजीको माग गर्ने जनाइएको छ ।
तत्कालीन जनसरकार प्रमुख तथा जनयुद्धका सहिद परानबहादुर धराला र नेता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) सहितका नेताहरुले नेतृत्व गरिसकेको मोर्चा अभियान फेरि सुरु गरिएको नेपाल कम्युनिस्ट पार्टी जुम्लाका इन्चार्ज तथा केन्द्रीय सदस्य बिर्खबहादुर शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरी बिदा लिने जापानकी पहिलो मेयर : किन भइरहेछ राष्ट्रिय बहस?
-
इम्बोलोको गोलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध बनायो अग्रता
-
राष्ट्रिय सभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्ड र अल्जेरियाबिच भिडन्त सुरु
-
न्यायाधीशको सम्पत्ति सार्वजनिकीकरणको बहसः आवश्यकता कि अतिरञ्जना ?
-
कप्तानदेखि म्याच विनरसम्म : तथ्याङ्कमा बेन स्टोक्सको क्रिकेट जीवन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण