श्रीमानपछि नेहाका ससुरा रामप्रवेश चौधरी पनि पुर्पक्षका लागि थुनामा
जनकपुरधाम । छोराको बिहेमा दाइजो लिएको आरोपमा पक्राउ परेका महोत्तरी रामगोपालपुर नगरपालिका ५ का नेहा चौधरीका ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
गत आइतबार महोत्तरी प्रहरीले मनरासिस्वा नगरपालिका २ बाट पक्राउ परेका ६० वर्षीय रामप्रवेश चौधरीलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
मंगलवार जिल्ला अदालत महोत्तरीका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले चौधरीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला अदालतको चार नम्बर इजलासमा थुनछेक बहस भएपछि चौधरीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको जाहेरीवालाको तर्फबाट बहस गरेकी अधिवक्ता रिंकु कुमारी यादवले जानकारी दिइन् ।
जाहेरीवालाको तर्फबाट जिल्ला न्यायाधीवक्ता मनोज कुमार गुप्ता र अधिवक्ता रिंकु कुमारी यादवले बहस गरेका थिइन् । चौधरीविरुद्ध अभियोग पत्र दर्ता भएपछि मंगलबार जिल्ला अदालतमा बहस भएको थियो ।
चौधरीलाई थुनामा पठाउने की धरौटीमा छाड्ने विषयमा बहस भएपछि अदालतले पुर्पक्षको लागि उनलाई थुनामा पठाउने आदेश दिएको अधिवक्ता यादवले जनाइन् ।
अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै मुद्दाको किनारा नलाग्दासम्म चौधरी थुनामै रहने भएका छन् । यद्यपि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध उनी पुनरावेदन जान सक्छन् ।
महोत्तरीको औरही नगरपालिका–१ की २१ वर्षीय नेहा चौधरीले ससुरा रामप्रवेश चौधरी विरुद्ध गत पुस २१ गते जिल्ला अदालत महोत्तरीमा दाइजो सम्बन्धी मुद्दा दर्ता गराएका थिइन् ।
यसअघि नै पक्राउ परेका नेहाकी श्रीमान् डा.पङ्कज चौधरीलाई अदालतले पुर्पक्षको कारागार पठाइसकेको छ । नेहाले श्रीमान् पंकजमाथि पाँच वटा मुद्दा दर्ता गराएकी छिन् । अंश, माना चामल, घरेलु हिंसा, जलसाजी लिखित बदर र दाइजो सम्बन्धी मुद्दा हालेकी हुन् । श्रीमान् पङ्कजले पनि नेहासँग सम्बन्धविछेद गर्न जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् ।
२०७८ फाल्गुन २५ मा नेहा र डा.चौधरीबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । विवाहमा नेहाकी परिवारले दाइजोमा २० तोला सुनका गहना र ५१ लाख नगद दिएको थियो । तर पनि दाइजो नपुगेको भन्दै ससुरा पक्षले अझैँ दाइजो ल्याउन यातना दिन थालेको नेहाकी आरोप छ ।
गत दशैं टिकाको दुईदिनपछि नेहालाई श्रीमान् पङ्कजले निर्घात कुटपिट गरेपछि माइती पक्षले उनलाई ससुरालीबाट उद्धार गरी अस्पताल पुर्याएको थियो । उपचारपश्चात् स्वास्थ्यमा सुधार आएपछि उनी श्रीमान्, सासू, ससुरा र नन्दसहित ६ जनामाथि मुद्दा दायर गराएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण