अवस्था ठिक नभएका सवारी चलाउने १० जना चालक कारबाहीमा
बुधबार, ०१ चैत २०७९, ११ : २१
काठमाडौँ । अवस्था ठिक नभएका सवारी चलाउने १० जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । मङ्गलवार कीर्तिपुरमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले यान्त्रिक परीक्षण गरेको थियो । यान्त्रिक परीक्षण गर्दा हेण्ड ब्रेक नभएका, लाइट दुरुस्त नभएका र टायर धेरै घिस्रिएका सवारी चलाउने चालकलाई कारबाही गरिएको छ ।
१ सय वटा सवारी चेकजाँच गर्दा दश वटा सवारी साधनमा समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए । सवारी साधन मर्मत गरेपछि जरिवाना तिरेर सम्बन्धित चालकलाई कागजात फिर्ता गरिने एसएसपी भट्टले बताए ।
ट्राफिक प्रहरीले भदौ १५ देखि अभियानको रूपमा यान्त्रिक परीक्षण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण