सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

अवस्था ठिक नभएका सवारी चलाउने १० जना चालक कारबाहीमा

बुधबार, ०१ चैत २०७९, ११ : २१
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । अवस्था ठिक नभएका सवारी चलाउने १० जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । मङ्गलवार कीर्तिपुरमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले यान्त्रिक परीक्षण गरेको थियो । यान्त्रिक परीक्षण गर्दा हेण्ड ब्रेक नभएका, लाइट दुरुस्त नभएका र टायर धेरै घिस्रिएका सवारी चलाउने चालकलाई कारबाही गरिएको छ ।

१ सय वटा सवारी चेकजाँच गर्दा दश वटा सवारी साधनमा समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए । सवारी साधन मर्मत गरेपछि जरिवाना तिरेर सम्बन्धित चालकलाई कागजात फिर्ता गरिने एसएसपी भट्टले बताए ।

ट्राफिक प्रहरीले भदौ १५ देखि अभियानको रूपमा यान्त्रिक परीक्षण गर्दै आएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप