एनएमबि बैंकको मर्चेन्ट क्युआरमा रु १००० बोनस

काठमाडौँ । एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि "क्युआर मा रु १००० बोनस" अफर ल्याएको छ । जसअनुसार बैंकमा खाता खोलिसकेका मर्चेन्ट तथा नयाँ मर्चेन्टहरुले रु १००० भन्दा माथिको क्युआरमार्फत पहिलो भुक्तानी लिँदा रु १००० को बोनस जित्ने सक्ने बैंकले जनाएको छ । फागुन १५ देखि सुरु भएको यो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुनुपर्ने जनाइएको छ ।
एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?
-
फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो
-
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा
-
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
निरञ्जनी अखडाका प्रमुख गिरीले भेटे देउवालाई
-
नेपाल–भारत सीमानामा ‘हाई अलर्ट’