केन्द्रीय विद्यापिठ बेलझुण्डीमा नेविसंघको तालाबन्दी
बुधबार, ०१ चैत २०७९, १७ : १४
दाङ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय विद्यापिठ बेलझुण्डीमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई प्रभावित पार्नका लागि विद्यापिठ प्रशासनले विविध गतिविधि गरेको आरोप लगाउँदै नेविसंघले तालाबन्दी गरेको हो ।
स्ववियू निर्वाचनलाई प्रभावित पार्नका लागि विद्यापिठ प्रशासनको मिलोमतोमा अमुक संगठनलाई भित्री समर्थन गरि तोकिएको समयमा निर्वाचन गर्न नदिने नियत देखिएकाले तालाबन्दी गरिएको नेविसंघका केन्द्रीय प्रतिनिधि राजेन्द्र दाहालले जानकारी दिए । स्ववियू निर्वाचनका लागि उम्मेदवार दर्ता प्रक्रियाको काम समेत सकिएकोले यथास्थितिबाट
निर्वाचनको काम थालनी गर्न नेविसंघले जारी गरेको विज्ञप्तिमा माग गरिएको छ । विज्ञप्तिमा विद्यापिठ प्रशासन प्रमुखको राजीनामा समेत माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण