१५ अर्ब रुपैयाँ कर्जा सापटी दिँदै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई १५ अर्ब रुपैयाँ बराबरको कर्जा सापटी दिने भएको छ । केन्द्रीय बैंकले बिहीबार रिपोमार्फत बजारमा तरलता प्रवाह गर्न लागेको हो । बिहीबार १० बजेदेखि ३ बजेसम्म जारी हुने रिपोका लागि इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आवेदन दिन सक्नेछन् । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतमका लागि ५ करोडले भाग गर्दा निःशेष भाग लाग्ने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।
१४ दिनका लागि जारी हुने रिपो आगामी चैत १६ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले बजारमा तरलता अभाव भएका बखत रिपोमार्फत अल्पकालिन तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता भएको बेला रिभर्स रिपोमार्फत पैसा लिनेगर्छ । अहिले बजारमा तरलताको केहीँ असहजताकाबीच केन्द्रीय बैंकले रिपोमार्फत सहजीकरण गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
-
साउनको दोस्रो सोमबार डोलेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण