१५ अर्ब रुपैयाँ कर्जा सापटी दिँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई १५ अर्ब रुपैयाँ बराबरको कर्जा सापटी दिने भएको छ । केन्द्रीय बैंकले बिहीबार रिपोमार्फत बजारमा तरलता प्रवाह गर्न लागेको हो । बिहीबार १० बजेदेखि ३ बजेसम्म जारी हुने रिपोका लागि इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आवेदन दिन सक्नेछन् । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतमका लागि ५ करोडले भाग गर्दा निःशेष भाग लाग्ने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।
१४ दिनका लागि जारी हुने रिपो आगामी चैत १६ गते परिपक्व हुनेछ । केन्द्रीय बैंकले बजारमा तरलता अभाव भएका बखत रिपोमार्फत अल्पकालिन तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता भएको बेला रिभर्स रिपोमार्फत पैसा लिनेगर्छ । अहिले बजारमा तरलताको केहीँ असहजताकाबीच केन्द्रीय बैंकले रिपोमार्फत सहजीकरण गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि
-
नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा