शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

निर्णायक खेल हेर्न कीर्तिपुर मैदानमा प्रधानमन्त्रीसहित दर्शकहरुको खचाखच (तस्बिरहरु)

बिहीबार, ०२ चैत २०७९, ११ : ४८
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुगेका छदन् । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन् ।

लिगको अन्तिम खेल आज नेपाल र युनाइटेड अरब इमिरेट्सबीच भइरहेको छ । उनले नेपाली खेलाडीलाई विजयको शुभकामना समेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  कीर्तिपुर मैदानमा आजको खेल हेर्न ठूलो सङ्ख्यामा नेपाली दर्शक पुगेका छन् । अनुहारमा नेपाली झण्डाको रङ्ग पोतेका र नेपाली झण्डा बोकेका दर्शकले नेपाली खेलाडीलाई हौसला प्रदान गरिरहेका छन् । 

प्रधानमन्त्री दाहाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति कीर्तिपुर मैदानमा रहेको छ । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी/प्रधानमन्त्रीको निजी सचिवालय 

333412861_738046607924146_3367948917337673615_n

cricket (2)

333427344_1318607385367643_9091994509932955972_ncricket (3)

333455626_763528184984145_8503459943065998641_ncricket (4)

333455637_721474503098618_6030402952797240251_ncricket (5)cricket (6)cricket (7)cricket (8)cricket (9)cricket (10)cricket (11)cricket (12)cricket (13)cricket (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप